काठमाडाैं । आजीवन काराबासको सजाय काटिरहेका प्रतिनिधिसभा सदस्य एवं जसपा कार्यकारिणी सदस्य रेशम चौधरीले श्रीमतीको नाममा नयाँ पार्टी गठन गर्ने भएका छन् ।
चौधरी निकट स्रोतका अनुसार कारागारमा रहेका चौधरीले आफ्नै अध्यक्षतामा पार्टी गठन गर्न चाहे पनि त्यो सम्भव नभएपछि श्रीमती श्रेष्ठ रञ्जिताकाे नाममा सोमबार नागरिक उन्मुक्ति पार्टी गठन गर्न लागेका हुन् ।
स्राेतका अनुसार नयाँ पार्टी दर्ता गर्न श्रेष्ठसहितको टोली सोमबार मध्याह्न भृकुटीमण्डपबाट झाँकीसहित निर्वाचन आयोगमा जाँदैछ ।
चौधरी टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहितको हत्या आरोपमा डिल्लीबजार कारागारमा छन् ।