Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चाडपर्वले सबैलाई एकताबद्ध बनाउन टेवा पुर्‍याएको छ : प्रदेश प्रमुख जोशी

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले चाडपर्वले सबैलाई एकताबद्ध बनाउन टेवा पुर्‍याएको बताएका छन् । आइतबार धनगढीमा भुवा पर्वको उद्घाटन गर्दै प्रदेश प्रमुख जोशीले पौराणकालिन भुवा पर्वको संरक्षणमा सबैले लाग्नुपर्ने बताए ।

उनले भुवा पर्व जस्ता लोक संस्कृति हामी सबैको पहिचान भएको उल्लेख गर्दै यसको विकास गरेर लैजानु पर्नेमा जोड दिए । यस्तै कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृप वडले भुवा पर्वलाई साझा पर्वका रुपमा अघि बढाउनुपर्ने बताए ।

कार्यक्रममा विभिन्न भुवा नाच प्रदर्शन गरिएको थियो । बाजुरेली समाजको आयोजनामा सुरु भएको भुवा पर्व भोलि सोमबार सम्म चल्ने समाजका अध्यक्ष चेतन थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077