Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

आरएन यादव / सर्लाही । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्वर ३, स्थित भक्तिपुर–वयलवास सडकखण्डको सागरनाथ जंगलमा आइतबार भएको मोटरसाइकल दुर्घटनामा ईश्वरपुर नगरपालिका वडा नम्वर १० का अरुण सिंह, सोही स्थानका श्रगम विश्वकर्मा र रोहन सिंहको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

उनीहरू सवार बा १९ प ७१९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको रुखमा ठोकिएको थियो । उनीहरु सडकबाट १० मिटर तल पुगेका थिए ।

प्रहरीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077