Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोइला बालेर सुतेका श्रीमानको निसास्सिएर मृत्यु, श्रीमतीको अवस्था सामान्य

दाङ । दाङमा कोइला बालेर सुतेका एक व्यक्तिको निसास्सिएर मृत्यु भएको छ ।

 

प्यूठान घर भई हाल लमही नगरपालिका–९ अमिलिया बस्दै आएका २९ वर्षीय कुसुम सुनारको मृत्यु भएको हो ।

शुक्रबार राति सुनारका श्रीमान् श्रीमती झ्यालढोका थुनेर कोइला बालेर सुतेका थिए विहान ४ बजे तिर उनको श्रीमती उठ्ने बेला उनको मृत्यु भैसकेको र श्रीमतीको पनि रक्तचाप कम भएको अवस्थामा उपचारका लागि  अस्पताल लागिएको वडा प्रहरी कार्यालयले बताएको छ। उनको  अवस्था सामान्य रहेको छ ।

उनको शव भने घरभित्रै रहेको  र  प्यूठानबाट घरपरिवार आएपछि मात्रै उठाएर शव परीक्षणका लागि लमही अस्पताल लगिने प्रहरी निरीक्षक पौडेलले बताउनुभयो । सुनार अमिलियाको शोभा होटलमा खान बनाउने काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077