Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्रयाक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

महोत्तरी। महोत्तरीको लोहारपट्टी नगरपालिका–४स्थित सडकमा आज साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको भङ्गहा नगरपालिका–८ बस्ने २२ वर्षीय शैलेन्द्र सदा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

सात जना रहेको सो ट्रयाक्टर तीव्र गतिका कारण आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकसँगै बसेका शैलेन्द्रको ट्रयाक्टरमा च्यापिएर मृत्यु भएको हो । मृतक शैलेन्द्रको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ ।

साथै दुर्घटनामा परेर चालक लोहारपट्टी नगरपालिका–३ बस्ने २५ वर्षीय सरोज पासवान घाइते भई जिल्ला अस्पताल जलेश्वरमा उपचाररत रहेका छन् भने अन्य सबै सकुशल रहेका छन् ।रासस 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077