Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रवेशमा सहज, खोप नलगाएकाहरु पनि सहजै आउन पाउने

काठमाडौं । सरकारले विदेशबाट आउने नागरिकहरुलाई नेपाल प्रवेशमा सहज बनाउने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोनको भेरियन्ट देखिएसँगै नेपाल प्रवेशमा गरेको कडाइमा संशोधन गर्दै केही सहज बनाउने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णयलाई कार्यान्वयन गर्न निर्देशनसहित विभिन्न निकायलाई पत्राचार समेत गरिसकिएको मन्त्री कार्कीले जानकारी दिए ।

नयाँ नियमानुसार अबदेखि पूर्णखोप लगाएको १४ दिन पुगेको र ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएकाहरुले सहजै नेपाल प्रवेश पाउनेछन्।

यस्तै, विदेशी नागरिकलाई भने कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण नदेखिएको अवस्थामा होटलमै १० दिन क्वारेन्टिन बस्नेगरी प्रवेश अनुमति दिइने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077