Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमसीसीविरुद्ध संसद भवन अगाडि नेमकिपाको प्रदर्शन

काठमाडौं । नेपाल मजदूर किसान पार्टी (नेमकिपा)ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित नगर्न खबरदारी गरेको छ।

शुक्रबार दिउँसो नेमकिपाका कार्यकर्ताहरुले पछिल्लो समय सर्वाधिक विरोध हुँदै आएको एमसीसी सम्झौता संसदबाट पारित हुने हल्ला चलेपछि त्यसको बिरोध गरेको हो।

नयाँ बानेश्‍वरस्थित संसद भवन अगाडिको तीनवटा चोकहरुमा पर्चा, पम्प्लेटसहित प्रदर्शन गरेका उनीहरुले एमसीसी सम्झौता खारेज गर, अमेरिकी सहयोग चाहिदैन, राष्ट्रघाती सम्झौता खारेज गरलगायतका पर्चा र पम्प्लेटसहित प्रदर्शन गरिरहेका छन्।

एमसीसी सम्झौतामा सुरुदेखि नै नेतादेखि नागरिकहरुसम्म दुई मत रहेको छ। एक थरि यस सम्झौताको पक्षमा छन् भने अर्का थरि यसको विरोधमा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077