काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) अब पार्टीको रूपमा नरहेको दाबी गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमाले पार्टी नभएर अब पाटीपौवामा परिणत भइसकेको दाबी समेत गरे ।
बिहीबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपालले एमाले पार्टीमा क्रान्तिकारी धार नै नै नरहेको उल्लेख गरे । उनले भने, एमालेको धार भुत्तै भयो । भएपनि काम नलाग्ने, त्यो त्यत्तिकै फलामको डल्लो हुन पुग्दछ । धारै छैन । क्रान्तिकारी चिन्तननै छैन। परिवर्तनको संकल्प नै छैन । निःश्वार्थ भावना छैन । केही गरौं भन्ने पवित्र सोच नै छैन।’ ने
ता नेपालले एमालेमा क्रान्तिकारी भावना नभएको दावी गरे।
Leave a Reply