Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एन्फाको आगामी बैठकमा प्रस्तुत हुने यी हुन् १९ एजेन्डा

काठमाडौँ। २२ पुसमा बस्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठकमा १९ एजेन्डामा छलफल हुने भएको छ ।

६ केन्द्रीय सदस्यले बैठकको लागि लिखित माग गरेपछि एन्फाले बैठक बस्ने निर्णय गर्दै आज (बिहीबार) सदस्यहरूलाई एजेन्डा पठाएको एन्फा स्रोतले जनतापाटीलाई बतायो ।

- नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरूलाई पुरस्कृत गर्ने सम्बन्धमा ।
- राष्ट्रिय टिमको मैत्रीपूर्ण खेल सञ्चालन गर्ने सम्बन्धमा ।
- सहिद स्मारक 'ए', 'बी' र 'सी' डिभिजन लीग प्रतियोगिता सम्बन्धमा ।
- महिला राष्ट्रिय लिग सम्बन्धमा ।
- विभिन्न समिति तथा उपसमितिहरूको गठन तथा पुनर्गठन सम्बन्धमा ।
- आर्थिक तथा कर्मचारी नियमावली संशोधन सम्बन्धमा ।
- राष्ट्रिय टिम विदेश भ्रमणमा जाँदाको पेस्की सम्बन्धमा र खेलाडीहरू तथा टिममा सहभागी प्रशिक्षक
एवं अफिशियलहरूको सेवा सुविधा सम्बन्धमा ।
- फिफाद्वारा प्रदान गरिएका आर्थिक निर्देशन तथा अनुसन्धानको सुझावहरू पालना गर्ने सम्बन्धमा ।
- विभिन्न निर्माण कार्यहरूबाट बाँकी रकम सदुपयोग गर्ने तथा फिँजियो थेरापीको समान खरिद गर्ने
सम्बन्धमा ।
- एन.एस.एल.को सम्झौता सम्बन्धमा ।
- जिल्ला, प्रदेश, एन्फा प्रेसिडेन्ट कप तथा राष्ट्रिय लिग सम्बन्धमा ।
- जिल्ला तथा प्रदेश फुटबल संघ लगायत अन्य सदस्य संघहरू (खेलाडी, रेफ्री, प्रशिक्षक तथा
महिला)को निर्वाचन तथा साधारण सभा (कांग्रेस) बैठक सम्बन्धमा ।
- संघको नियमित साधारण सभा (एन्फा कांग्रेस) बैठक सम्बन्धमा ।
- निर्वाचन निर्देशिका सम्बन्धमा ।
- आर्थिक सहयोग तथा औषधि उपचार खर्च सम्बन्धमा ।
- संघले सञ्चालन गर्ने विभिन्न कार्यक्रम, प्रतियोगिता लगायत प्रशिक्षणमा लिने शुल्क सम्बन्धमा ।
- संघको विभिन्न कार्यक्रम तथा प्रतियोगिता, सभा, बैठकहरूमा प्रतिनिधित्व गर्दै सहभागी हुने खेलाडी, पदाधिकारी, प्राविधिक, कर्मचारी तथा प्रतिनिधिहरूको दैनिक तथा भ्रमण भत्ता परिमार्जन गर्ने सम्बन्धमा ।
-वार्षिक कार्यक्रम तथा बजेट सम्बन्धमा ।
- विविध ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077