काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि समूह टोलीले आफ्नो निष्कर्षसहितको प्रस्तुति सक्काएको छ ।
गत पौष ११ गते आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।
सो प्रतिवेदनमाथि मंगलबार २५ समूहमा छलफल भएको थियो भने बुधबार र बिहीबार समूहका नेताले आ–आफ्नो समूहको निष्कर्ष पेस गरेका थिए ।
आज समूहका नेताले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गरेकाले अब भोलि (शुक्रबार) दिउँसो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिने कार्यक्रम रहेको छ।
प्रचण्डको जवाफपछि विधान पारित हुने र त्यसपछि निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन समितिका प्रमुख विष्णु पुकार श्रेष्ठले जानकारी दिए।
भोलि विधान पारित भएपछि हामी निर्वाचन कार्यतालिका सार्वजनिक गर्छौ। सम्भवत निर्वाचन हुन्छ होला,’ श्रेष्ठले भने, ‘२ सय ९९ जनाको केन्द्रीय कमिटी बनेपछि पादाधिकारीको निर्वाचन कार्यतालिका बनाउने हाम्रो तयारी छ।’
Leave a Reply