Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतले नेपालको भूमिलाई आफ्नो क्षेत्रमा राखेकोप्रति भीम रावलको आपत्ति, सरकारको धारणा माग

काठमाडौं । नेकपा एमालेका नेता डा भीम रावलले भारतले नेपालको भूमि आफ्नो नक्सामा राख्दा समेत नेपाल सरकार मौन बसेकोमा आपत्ति जनाएका छन् । पूर्वमन्त्री समेत रहेका रावलले महाकाली नदीको नाम फेरेर भारतले नेपालको लिम्पियाधुरा र लिपुलेक र कालापानीको क्षेत्रलाई आफ्नो नक्सामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा माग्दै किन मौन भन्दै प्रश्न गरेका हुन्। यस्तै, नेता रावलले सामाजिक सञ्जालमार्फत् गठबन्धन सरकार प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा व्यस्त रहेको आरोप समेत लगाएका छन् । 'गठबन्धन सरकार भन्नेहरु प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा र अरु पार्टी गुटबन्दीमै व्यस्त हो ?', रावलले ट्विटरमा प्रश्न गरेका छन्। रावलले लेखेका छन्, 'महाकाली नदीको नाम फेरेर भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्शामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा के हो ? किन मौन ? कि गठबन्धन सरकार भन्नेहरू प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा र अरू पार्टी गुटबन्दीमै व्यस्त हो ?'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077