Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • भारतले नेपालको भूमिलाई आफ्नो क्षेत्रमा राखेकोप्रति भीम रावलको आपत्ति, सरकारको धारणा माग

    भारतले नेपालको भूमिलाई आफ्नो क्षेत्रमा राखेकोप्रति भीम रावलको आपत्ति, सरकारको धारणा माग

    अनलाइन नेपाल
  • बिहिबार, १५ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका नेता डा भीम रावलले भारतले नेपालको भूमि आफ्नो नक्सामा राख्दा समेत नेपाल सरकार मौन बसेकोमा आपत्ति जनाएका छन् ।

    पूर्वमन्त्री समेत रहेका रावलले महाकाली नदीको नाम फेरेर भारतले नेपालको लिम्पियाधुरा र लिपुलेक र कालापानीको क्षेत्रलाई आफ्नो नक्सामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा माग्दै किन मौन भन्दै प्रश्न गरेका हुन्।



    यस्तै, नेता रावलले सामाजिक सञ्जालमार्फत् गठबन्धन सरकार प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा व्यस्त रहेको आरोप समेत लगाएका छन् । ‘गठबन्धन सरकार भन्नेहरु प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा र अरु पार्टी गुटबन्दीमै व्यस्त हो ?’, रावलले ट्विटरमा प्रश्न गरेका छन्।



    रावलले लेखेका छन्, ‘महाकाली नदीको नाम फेरेर भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्शामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा के हो ? किन मौन ? कि गठबन्धन सरकार भन्नेहरू प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा र अरू पार्टी गुटबन्दीमै व्यस्त हो ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार