Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • मुम्बईमा कोरोना संक्रमण बढेसँगै सार्वजनिक स्थलमा भेला हुन रोक

    मुम्बईमा कोरोना संक्रमण बढेसँगै सार्वजनिक स्थलमा भेला हुन रोक

    अनलाइन नेपाल
  • बिहिबार, १५ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    नयाँ दिल्ली । मुम्बईमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको बताइएको छ ।

    भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्ला केही हप्तामा सङ्क्रमण बढेको हो । यसैबीच त्यहाँ कोरोना भाइरसको प्रकोप बढेपछि सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रमहरुमा प्रतिबन्ध लगाइएको बताइएको छ ।



    भारतको आर्थिक राजधानी मानिने भारतीय ठूलो सहर मुम्बइमा नयाँ वर्षका कार्यक्रमहरुको आयोजना गरिएको र त्यसका कारण झन् संक्रमण बढ्ने आशंका गरेका कारण सरकारले सार्वजनिक स्थलमा जमघट हुने र नयाँ वर्षका कार्यक्रमहरु गर्ने काममा प्रतिबन्ध लगाएको हो ।



    रातिमा कफ्र्यु नलगाइने तर पनि मानिसहरु जमघट हुने र समारोहहरु गर्ने काममा प्रतिबन्ध लगाइएको मुम्बई सरकारले जनाएको छ ।त्यहाँ पनि पछिल्लो समयमा कोरोनाका सङ्क्रमितहरु बढेका पाइएको छ ।

    गत हप्तामात्र त्यहाँ प्रत्येक दिन कम्तीमा पनि १५० जना मात्र सङ्क्रमित पाइएकामा हिजोआज भने कम्तीमा पनि दुई हजार जना सङ्क्रमित भेटिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार