Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • नयाँ बसपार्कमा भएको सामूहिक बलात्कारका नौ आरोपी सार्वजनिक, एसएसपी नै फिल्डमा खटिए

    नयाँ बसपार्कमा भएको सामूहिक बलात्कारका नौ आरोपी सार्वजनिक, एसएसपी नै फिल्डमा खटिए

    अनलाइन नेपाल
  • बुधबार, १४ पुष २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले  नयाँ बसपार्कमा भएको सामूहिक बलात्कार घटनाका नौ जना आरोपीलाई पक्राउ गरेको छ ।

    सोमबार साँझ ३४ वर्षिया महिलालाई मित्रनगरका विभिन्न गेष्ट हाउसमा लगेर बलात्कार भएको थियो । काठमाडौं परिसरका एसएसपी सुदीप गिरीसहितको प्रहरी टोलीले   फिल्डमै खटिएर  आरोपीलाई पक्राउ गर्न सफल भएको हो ।



    पीडितको बयानबाट घटनाको बारेमा सूचना सङ्कलन गरी सिसिटिभि फुटेज र प्राविधिक बिश्लेीषण लगायतको आधारमा थप अनुसन्धान गरी घटनामा संलग्न रहेका सात जना मंगलबार र थप दुई जना बुधबार पक्राउ गरिएको काठमाडौं परिसरका एसपी दिनेशराज मैनालीले बताए ।



    पक्राउ पर्नेहरु अधिकांश विदेश जान भनेर गेष्ट हाउसमा बसेका थिए । सबैले घटना स्वीकार गरको पनि प्रहरीले जानकारी दिएको छ। प्रहरीले पीडित महिला ‘परिवर्तित नाम महाराजगञ्ज ३०७’ को हालको अवस्था सामान्य रहेको जनाएको छ ।

    यी हुन सामूहिक बलात्कार काण्डमा पक्राउ पर्नेहरु

    १) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० झाकोट घर भई वर्ष २३को हिक्मत नेपाली,
    २) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० झाकोट घर भई वर्ष २२ को रतन नेपाली,
    ३) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं ६ लिउडी घर भई वर्ष २१ सुरेश सेज्वाल,
    ४) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० रोभा वर्ष १९को दिपक नेपाली
    ५) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० झाकोट घर भई वर्ष २३ को शिवहरि वुढा,
    ६) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० झाकोट घर भई वर्ष २४ को युवराज वढुवाल
    ७) अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं १२ घर वताउने जिल्ला कपिलवस्तु वुद्दभुमी वस्ने ४३ को गोपाल कुमार शिरिष ।
    ८) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० वस्ने वर्ष २५/२६ को हस्त नेपाली
    ९) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं ११ झाकोट घर भई वर्ष २४ को चन्द्र साउद

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार