काठमाडौँ । महानगरीय अपराध महाशाखाले दुर्लभ वन्यजन्तु रेड पाण्डा (हाब्रे)को अवैध रुपमा चोरी पैठारी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा धादिङ गङ्गाजमुना गाउँपालिका-७ का निरबहादुर घले, सिन्धुपाल्चोक चौतारा-१३ का सुरेश गिरी, नुवाकोट शिवपुरी गाउँपालिका-४का कृष्णबहादुर तामाङ र ओखलढुंगा माने भन्ज्याङ- २ का मोहनकृष्ण कार्की रहेका छन् ।
महाशाखाका अनुसार उनीहरुलाई काठमाडौँको बसुन्धाराबाट पक्राउ गरिएको हो। गोप्य सूचनाका आधारमा खटिएको महाशाखाको टोलीले बसुन्धाराको मयुर क्याफेबाट उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरुको साथबाट रेडपाण्डाको छाला ४ थान र ४ थान मोबाइल समेत बरामद गरिएको महाशाखाले जनाएको छ।
उनीहरुमाथि थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।
Leave a Reply