Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • माओवादी महाधिवेशन: केन्द्रीय सदस्यले छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनु पर्ने

    माओवादी महाधिवेशन: केन्द्रीय सदस्यले छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनु पर्ने

    अनलाइन नेपाल
  • बुधबार, १४ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा केन्द्रीय सदस्यले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनु पर्ने प्रस्ताव गरिएको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदामाथिको समूहगत छलफलपछि निष्कर्ष प्रस्तुत गर्ने क्रममा पार्टी केन्द्रीय सदस्यले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरिएको हो ।



    समूह १० गण्डकीले आफ्नो निष्कर्ष प्रस्तुत गर्ने क्रममा केन्द्रीय सदस्यले आफ्ना छोराछोरी अनिवार्य रुपमा समुदायिक विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरिएको हो । संघीय संरचनाअनुसार वैज्ञानिक शिक्षा नीति लागु गर्ने उल्लेख गर्नुपर्ने भन्दै सो समूहले उक्त प्रस्ताव गरेको हो ।



    महाधिवेशनको चौथो दिन बुधबार अध्यक्ष प्रचण्डको प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि भएको छलफलको समूहगत निष्कर्ष प्रस्तुत गर्ने कार्य चलिरहेको छ ।

    गत आइतबारबाट सुरु भएको सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । महाधिवेशन आगामी बिहीबारसम्म चल्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार