Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • कैलालीमा आपराधिक घटना बढेपछि उच्च प्रहरी खटाउन गृहमन्त्रीको निर्देशन

    कैलालीमा आपराधिक घटना बढेपछि उच्च प्रहरी खटाउन गृहमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, १३ पुष २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले कैलालीको लम्कीमा प्रहरी नायव उपरीक्षक र जानकी गाउँपालिका–९ अमरावतीमा प्रहरी नावय निरीक्षकको नेतृत्वमा सुरक्षा प्रबन्ध गर्न निर्देशन दिएका छन् ।

    गृहमन्त्री खाँणले आज प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल र सुदूरपश्चिम प्रहरी प्रमुख पुरुषोत्तम कँडेललाई उक्त निर्देशन दिएका हुन् । जानकी गाउँपालिका–काठमाडौँ सम्पर्क समितिले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै गृहमन्त्री खाँणले मजबुद सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । हाल अमरावतीमा प्रहरी सहायक निरीक्षक र लम्कीमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी तैनाथ छ । मन्त्री खाँणले नागरिकको जीवन रक्षाका लागि सरकार संवेदनशील रहेको बताए । नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ ।



    टोलीले मन्त्री खाँँणलाई बुझाएको ध्यानाकर्षणपत्रमा गत कात्तिक २३ गते टिकापुरमा भएको भुपेन्द्र बडुवाल हत्या प्रकरण सेलाउन नपाउँदै यही पुस २ गते जानकी गाउँपालिका–९ अमरावतीमा अर्जुन दासको हत्याको निष्पक्ष छानविन गरी दोषीलाई कानून बमोजिम कारबाहीको माग गरिएको छ । ध्यानाकर्षणपत्रमा कमजोर सुरक्षा निगरानीका कारण कैलालीमा आपराधिक घटना भएको उल्लेख छ । -रासस



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार