Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओडारमा बस्दै आएका एक जनाको रहस्यमय मृत्यु

जुम्ला । १५ वर्षदेखि  जुम्लाको चन्दननाथ नगरपालिका-१ कुलालवाडास्थित एक ओडारमा बस्दै आएका ४६ वर्षीय चेते कुलालको ओडारमै मृत्यु भएको छ ।

प्रशासन प्रहरी, स्थानीय सरकार सरोकारवाला निकायले उनकै राहत उद्धारमा जुटिरहेकै बेला कुलालको रहस्यमय मृत्यु भएको स्थानीय रविन कुलालले बताए ।

टाउकोमा गम्भीर चोट लागेर रगत बगिरहेको अवस्थामा उनी भेटिएका थिए । बस्दै आएको ओडार भन्दा धेरै परसम्म कुलालको शव घिसारिएको  थियो । उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोस्टमार्टम गरिएको छ ।

खाद्यान्न र लत्ता कपडाको राहत दिए पनि जुम्लामा बढ्दै गएको अत्यधिक चिसोबाट ओत लाग्ने ठाउँ नहुँदा ओडारमा बस्ने कुलाललाई तलमाथि हुन सक्ने चिन्ता सरोकारवालाले गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077