Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • यु–१९ एसिया कप : नेपाल जित विहीन

    यु–१९ एसिया कप : नेपाल जित विहीन

    अनलाइन नेपाल
  • मंगलबार, १३ पुष २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । कुवेतसँग १ विकेटले पराजित भएसँगै नेपाली यु–१९ क्रिकेट टोली एसीसी यु–१९ एसिया कपमा जित विहीन बनेको छ ।

    यस अघिनै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले सान्त्वना जितको खोजीमा रहँदा कुवेतसँग पराजित भएको हो । ४८ ओभर ५ बलमा ९ विकेट गुमाउँदै २४१ रन बनाएको कुवेत नेपाललाई हराउँदै सान्त्वना जितमा चित्त बुझायो ।



    कुवेती कप्तान मित भावसरले अविजित शतक सहित १७७ रन बनाएपछि नेपाल लगातार तेस्रो खेलमा पराजित भएको हो । उनले २४ चौका र १ छक्का हिर्काएका थिए । यस्तै जुड सालदान्हाले २५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । कुवेतका दुई खेलाडी शून्य रनमा आउट भएका थिए ।



    नेपालका गुल्शन झाले सर्वाधिक ३ विकेट लिए । यस्तै शेर मल्ल, वासिर अहमद र विवेक यादवले समान २ विकेट लिए । यस अघि दुबईमा वासिर अहमद र विकेक मगरको अर्धशतकप्रेरित नेपालले ४२ ओभर ३ बलमा अल आउट हुँदै २३९ रनको योगफल खडा गरेको हो ।

    वासिरले ६१ बल खेल्दै सात चौका र एक छक्का मद्दतमा ५६ रन प्रहार गर्दा विकेकले ७१ बलमा ६ चौका मद्दतमा ५० रन जोडे । त्यस्तै मोहम्मद आदिल अलामले ४९ रनको योगदान गरे ।

    कुवेतका अब्दुल सादिकले तीन, हेनरी थोमस र मोहम्मद बासताकिले समान दुई विकेट लिए । समूह ‘बी’ मा यस अघि नेपाल पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा श्रीलंकासँग पराजित भएपछि समूह चरणबाटै बाहिरिसकेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार