Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिरहाका एसपीलाई कारवाही गर्ने सिके राउतको धम्की

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेलाई कारवाहीको धम्की दिएका छन् ।

मंगलबार अध्यक्ष राउतले आफ्नो सचिवालयको आधिकारिक फेसबुक पेजमार्फत एसपी पाण्डेलाई जनकारबाही गर्ने धम्की दिएका हुन् । राउतले गिरफ्तार गरिएका आफ्ना कार्यकर्तालाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै व्यवहार सुधार्न चेतावनी दिएको समेत दिएका छन्।

यदि प्रहरीले व्यवहार सुधार नगरे एसपी पाण्डेलाई सिरहा बजारको बीच चोकमा जनकारबाही गर्ने राउतको दाबी छ ।

‘गिरफ्तार गरिएका आन्दोलनकारीसँग दुर्व्यवहार भइराखेको, जाडोमा कपडासमेत उपलब्ध नगराएको, लगाएको ज्याकेट पनि खोल्न लगाएको, परिवार र वकीलसँग सम्पर्क गर्न नदिएको र प्राथमिक उपचार समेत गर्न नदिएको समाचार आएको छ । यदि २४ घण्टाभित्र हिरासतमा रहेका आन्दोलनकारीसँग व्यवहार र सुविधामा सुधार भएन भन्ने कारबाही गर्न जनतालाई पनि आउँछ । सिरहा बजारको बीच चोकमा जनकारबाही हुन्छ , उनले फेसबुकमा लेखेका छन्।

जनमत पार्टीले आम हड्ताल घोषणा गरेपछि स्थानीय प्रशासनले आज र भोलि २ दिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । राउत नेतृत्वको पार्टीले किसानहरुको माग सम्बोधनका लागि भन्दै आन्दोलन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077