Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सुशासनका लागि सूचनाको हक जरुरी छ: सञ्चारमन्त्री कार्की

    सुशासनका लागि सूचनाको हक जरुरी छ: सञ्चारमन्त्री कार्की

    अनलाइन नेपाल
  • सोमबार, १२ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको दीगो शान्ति, सुशासन र विकासका लागि सूचनाको हक जरुरी भएको बताएका छन् ।

    राष्ट्रिय सूचना आयोगले आज आयोजना गरेको ‘सूचनाको हकमा महिला सहभागिताः चुनौती र अवसर’ विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उनले आ–आफ्नो ठाउँबाट सूचनाको हक कार्यान्वयन गर्न आग्रहसमेत गरे। ‘मुलुकलाई दीगो शान्ति, सुशासन र विकासका लागि चाहिएको छ’, मन्त्री कार्कीले भने, ‘त्यसका लागि आ–आफ्नो ठाउँबाट योगदान जरुरी छ, सूचनाको हक अधिकार पनि हो र अपरिहार्य छ ।’



    उनले राज्य र नागरिकलाई सुसूचित गरेर बलियो बनाउन सूचनाको हक आवश्यक भएको र लोकतन्त्र आइसकेपछि महिलाका उत्थानको कार्यक्रम पनि अघि बढिरहेको बताए ।



    राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले सूचना हुने व्यक्ति सबैभन्दा बढी शक्तिशाली हुने भएकाले सूचनाको हकमा महिलाले विशेष ध्यान दिनुपर्नेमा जोड दिए। उनले राज्यका सूचना सबैले थाहा पाउनका लागि राजनीतिक दलको ठूलो भूमिका रहेको र स्थानीय तहका जनप्रतिनिधिको त्यसमा अझ ठूलो योगदान हुने बताए ।

    राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ्ले सूचनाको हकमा महिलाको सहभागिता वृद्धि गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरेको बताए । राज्यका हरेक कामकारबाहीलाई पारर्दर्शी बनाउन सूचनाको हकको प्रयोग गर्न सबैलाई आग्रह गर्दै उनले गतवर्ष जम्मा १७ महिलाले मात्र सूचनाको हकको प्रयोग गर्न आयोगमा उजूरी हालेको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार