Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • माओवादी महाधिवेशन: प्रचण्ड र गुरुङको प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाइयो [सूची]

    माओवादी महाधिवेशन: प्रचण्ड र गुरुङको प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाइयो [सूची]

    अनलाइन नेपाल
  • सोमबार, १२ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक र विधान प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाइएको छ।

    बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैचारिक तथा राजनीतिक प्रतिवेदन तथा देव गुरुङ विधान मस्यौदा प्रस्तुत गरेका थिए । सोही प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाइएको हो ।



    प्रज्ञा भवन कमलादी स्रोतका अनुसार प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र ठाउँहरू तोकिएको छ ।



    यस्तो छ सूची:

    १. ज्येष्ठ क्युनिस्ट मञ्च : एमके प्रसाईं संयोजक, ठाउँ मञ्च अगाडि ।

    २, ३. सल्लाहकार कमिटी : संयोजन नन्दकुमार थापा, मञ्चको दायाँबायाँ, १३९ को आधा आधा विभाजन गरेर दुइटा ।

    ४, ५. प्रदेश १ : दुई भागमा बाँडेर । हर्क नेम्वाङ संयोजन, ठाउँ भानुभक्त हल ।

    ६, ७. प्रदेश २ : पारिजात हल, गणेश साह, यो पनि दुई भागमा

    ८, ९. लुम्बिनी प्रदेश : चक्रपाणि खनाल, सिद्विचरण हल, पुस्तकालयनेर

    १०, ११. गण्डकी प्रदेश : गायत्री गुरूङ, पेरिसडाँडाको माथिल्लो हल

    १२. प्रवास समिति : लक्ष्मण पन्त, पेरिसडाँडा मजदुर हल

    १३, १४. कर्णाली प्रदेश : विमला केसी एनवान पार्टी प्यालेस, बानेश्वर, दुइटा हल । अर्को हलमा

    १५, १६. सुदूरपश्चिम : खगराज भट्ट

    १७, १८. केन्द्रीय विभागहरू : मायाप्रसाद शर्मा, क्वालिटी ब्यांकेट, बुद्वनगर, दुइवटा समूह बनाएर ।

    १९. विशेष प्रदेश : जगत सिंखडा, क्वालिटीमै ।

    २०, २१. सम्पर्क समन्वय प्रदेश : श्रीकृष्ण अधिकारी, क्रिस्टल पार्टी प्यालेस, बिजुलीबजार, दुइटा समूह

    २२, २३. बागमती प्रदेश : काठमाडौं ब्याकेट, सरल सहयात्री

    २४. सम्पूर्ण आयोगहरू : काठमाडौ व्यांकेटमै, संयोजक विष्णुविकास श्रेष्ठ

    २५. जबस, मोर्चाका इन्चार्जहरू : केन्द्रीय कार्यालयमा रहेको, एकता प्रक्रियामा आएकाहरू यो समूहमा रहने । यो पनि काठमाडौं ब्याकेटमै, अमृता थापा संयोजन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार