काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले यातायात व्यवस्था विभाग गुर्जुधारा क्षेत्रमा शंकास्पद गतिविधि गर्ने ९ जना विचौलियालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार उनीहरुले यातायात व्यवस्था विभाग गुर्जुधारामा लाईसेन्स, व्लुवुकलगायत कागजातहरुको राजस्व तिर्न गएका सर्वसाधारणहरुलाई तोकिएको दस्तुरभन्दा बढी दस्तुर लिइ छिटो छरितो काम गरिदिने भन्दै अनावश्यक हैरानी दिने गरेका थिए।
सोमबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौँबाट प्रभाग वलम्वुको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
यस बिषयमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Leave a Reply