Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • माओवादी महाधिवेशन: केन्द्रीय सदस्यमा १० प्रतिशत मनोनीत गरिने

    माओवादी महाधिवेशन: केन्द्रीय सदस्यमा १० प्रतिशत मनोनीत गरिने

    अनलाइन नेपाल
  • सोमबार, १२ पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिएको विधान मस्यौदामा केन्द्रीय सदस्यमा १० प्रतिशत मनोनीत गर्ने प्रावधानलाई प्रस्ताव गरिएको छ ।

    कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्दैै केन्द्रीय समितिमा १० प्रतिशत सदस्य मनोनीत गर्न सकिने प्रस्ताव गरेका हुन् ।



    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका हुन् ।



    पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचि, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष पदाधिकारीको व्यवस्था विधानमा प्रस्ताव गरिएको छ ।

    आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार