Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • सोलुखोला जलविद्युत्‌को पाइप विस्फोट : दुई इन्जिनियरको मृत्यु

    सोलुखोला जलविद्युत्‌को पाइप विस्फोट : दुई इन्जिनियरको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १२ पुष २०७८
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा दुई जना इन्जिनियरको मृत्यु भएको छ ।

    सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको उक्त आयोजनामा पानी परीक्षण गर्ने क्रममा पाइप विस्फोट हुँदा दुई जना इन्जिनियरको मृत्यु भएको हो ।



    आइतबार साँझ फलामको पाइपमा पानी हाल्ने क्रममा पाइप पड्किएपछि उक्त घटना भएको हो ।



    आयोजनाका अनुसार सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको थियो । दुर्घटनामा परियोजना व्यवस्थापक गम्भीर घाइते भएका छन् ।

    घटनामा परी जलविद्युत् आयोजनाको हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको जनाएको छ ।

    इन्जिनियरको टिम आइतबार दिनभरि नै परीक्षणको क्रममा रहेको थियो । पानीको प्रेसर नमिलिरहेको बेला पाइपको वेल्डिङ छुट्टिएपछि दुर्घटना भएको आयोजनाले जनाएको छ ।

    पाइपको विस्फोटन लगत्तै बेहोस भएका रेग्मी र थापालाई उपचारका लागि ओखलढुंगा अस्पताल लगिएको थियो । अस्पताल पुऱ्याउनासाथ चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका थिए ।

    विराटनगर निवासी घाइते मोहम्मद राइनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । उनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार