Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • आन्दोलनमा जनतामाझ गरिएको वाचाको जवाफ प्रचण्डले दिनुपर्छ: सीपी मैनाली

    आन्दोलनमा जनतामाझ गरिएको वाचाको जवाफ प्रचण्डले दिनुपर्छ: सीपी मैनाली

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले विभिन्न चरणमा भएको राजनीतिक आन्दोलन प्रयोगशालामा मात्रै सीमित हुन नहुने बताएका छन् ।

    आइतबारबाट सुरु भएको माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता मैनालीले जनताले व्यवस्था फेरियो, अवस्था फेरिएन भन्ने गरेको भन्दै राजनीतिक आन्दोलनलाई प्रयोगशालामा सीमित गर्न नहुने बताए।



    आफ्नो सम्बोधनका अधिकांश समय माओवादीप्रति जनताले निकै प्रश्न उठाएको र यसको नेतृत्वले जवाफ दिनुपर्ने बताएका मैनालीले घुमाउरो शैलीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनका क्रममा जनतामाझ गरिएको वाचा पूरा नहुनुको जवाफ दिनुपर्ने बताए।



    महाधिवेशनमा अन्य दलका प्रतिनिधिले बाेल्नेक्रम जारी छ । महाधिवेशन १५ पुससम्म चल्ने माओवादीले जानकारी दिएको छ ।

    कार्यक्रममा नेता मैनालीसहित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा,  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्तीसहितका नेताहरूको उपस्थिति रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार