Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • माओवादी महाधिवेशन: देउवा, माधव र उपेन्द्र पुगे कमलादी

    माओवादी महाधिवेशन: देउवा, माधव र उपेन्द्र पुगे कमलादी

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह सुरु भएको छ ।

    राजधानीको कमलादीमा सो पार्टीको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन विभिन्न पार्टीका शीर्षस्थ नेताहरु आउने क्रम जारी  रहेको छ।



    कार्यक्रममा हालसम्म प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरुको उपस्थिति भइसकेको छ।



    माओवादीले यसअघि राष्ट्रिय सम्मेलन भने पनि अन्तिम समयमा आएर सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको थियो।

    कार्यक्रमको संचालन अर्थमन्त्री एवं पार्टीका नेता जनार्दन शर्माले गरिरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार