काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनअघि बसेको अन्तिम केन्द्रीय कमिटीको बैठक सकिएको छ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दस्तावेज पेस गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
महराका अनुसार प्रचण्डले प्रस्तुत गर्ने दस्तावेजको शीर्षक ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ रहेको छ ।
बैठकमा दस्तावेज पेस गर्दै प्रचण्डले मुख्य-मुख्य कुराहरु मात्रै राखेको महराको भनाइ छ।
आजको बैठकमा प्रस्ताव प्रस्तुत मात्र गरिएपनि वितरण भएको छैन, यसबारे महाधिवेशनमै छलफल गरिने महराले बताए।
Leave a Reply