काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र सबैलाई समेटेर लैजाने बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले पार्टीभित्र सबैको भावनालाई सम्बोधन हुने बताए ।
प्रधानमन्त्री समेत रहेका सभापति देउवाले काँग्रेस जनतासँग भिजेको पार्टी भएको बताउँदै स्थानीय र सबै चुनावमा पार्टीलाई ठूलो बनाउने दाबी समेत गरे ।
‘हाम्रो पार्टी जनतासँग भिजेको पार्टी हो, स्थानीय र सबै चुनावमा पार्टी ठूलो बन्नुछ, देउवाले भने, ‘काङ्ग्रेस प्रजातान्त्रिक पार्टी हो, यस्तो अभ्यास गर्ने अरु पार्टी छ जस्तो लाग्दैन ।’
गत मंसिर २४ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न १४औंँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र निर्वाचित् सदस्यहरुलाई शनिबार प्रमाणपत्र वितरण गरिएको थियो।
Leave a Reply