बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले प्रदेशको राजधानी नहुँदै बुटवलको विकासमा कुनै फरक नपर्ने दाबी गरेका छन् ।
शनिबार गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन उद्घाटन गर्दै मन्त्री खाणले सबैको साझा प्रयत्नबाट बुटवललाई अब्बल बनाउन सकिएको बताए ।
आफ्नै इतिहास र बलबुताले बुटवल अहिलेको अवस्थामा स्थापित भएको मन्त्री खाँणको भनाइ छ । ‘त्यसमा राजधानी रहनु नरहनु केही फरक पर्दैन’, उनले भने।
गृहमन्त्री खाँणले रूपन्देहीको विकासका लागि आफ्नो क्षेत्रबाट धेरै प्रयासहरू भइरहेको बताए । जनताले विकासका लागि नै जनप्रतिनिधि निर्वाचित गरेको मन्त्री खाँणको भनाइ छ।
कार्यक्रममा मन्त्री खाँणले विज्ञान र प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा चामत्कारिक उपलब्धी हासिल गरे पनि गरिबीको संख्या बढेको बताए । स्वास्थ्य क्षेत्रमा सरकारी अस्पताल कमजोर हुँदा जनताले निजी अस्पतालमा महँगो उपचार लिन बाध्य भएकोले सरकार सरकारी तथा सामुदायिक अस्पतालहरूको प्रवद्र्धन गर्न सरकार सदैब अग्रसर रहेको खाँणले बताए।
Leave a Reply