Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस नेपालको इतिहासमै निर्वाचित नेतृत्व स्थापित गर्ने पहिलो पार्टी: प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्रीमा पराजित भएका नेता प्रदीप पौडेलले पार्टी महाधिवेशनपश्चात् संवैधानिक व्यवस्थाकाे व्यवहारिक कार्यमा थप अगाडि बढेको दाबी गरेका छन्।

दुई जना महामन्त्रीका लागि २७ मंसिरमा भएको निर्वाचनमा पराजित भएका पौडेलले विजयी भएका सम्पूर्ण पार्टी पदाधिकारीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै यस्तो दाबी गरेका हुन्।

नेता पौडेलले अनेक जटिलतालाई चिर्दै कृयाशिल सदस्यता छानबिन प्रक्रियालाई कुशलतापूर्वक टुङ्ग्याएको उल्लेख गरेका छन् । जसले गर्दा मात्रै हाम्रो अधिवेशन सुनिश्चित भएको र पूर्ण लोकतान्त्रिक विधिबाट महाधिवेशन सम्पन्न भएको पौडेलको भनाइ छ।

'अनेक जटिलतालाई चिर्दै हामीले कृयाशिल सदस्यता छानबिन प्रक्रियालाई कुशलतापूर्वक टुङ्ग्यायौं । जसले गर्दा मात्रै हाम्रो अधिवेशन सुनिश्चित भयो र पूर्ण लोकतान्त्रिक विधिबाट १४ औं महाधिवेशन सम्पन्न भएको छ,' उनले फेबुकमा लेखेका छन्, 'यस महाधिवेशनबाट निर्वाचित हुनुहुने सम्पूर्ण तहका पदाधिकारीहरुलाई हार्दिक बधाइ !'

यस्तै, नेता पौडलले नेपालको राजनीतिक इतिहासमा सबै प्रदेशमा निर्वाचित नेतृत्व स्थापित गर्ने कांग्रेस नै पहिलो पार्टी भएको दाबी गरेका छन् । यसले कांग्रेस संवैधानिक व्यवस्थाकाे व्यवहारिक कार्यमा थप अगाडि बढेको तथ्य पुष्टि गरेको उनको भनाइ छ ।

'हामीले बदलेको राजनीतिक व्यवस्था र निर्माण गरेको संविधानको रक्षा, पालना र व्यवहारिक कार्वन्यन गर्दै लोकतन्त्रको संस्थागत विकास गर्नु हाम्रो दायित्व हो,' पौडेलले लेखेका छन्, 'यो ऐतिहासिक कार्य सम्पन्न गर्न र निर्वाचनलाई भव्यताका साथ सम्पन्न गर्न सबै तह र क्षेत्रमा अहोरात्र खट्नुभएका निर्वाचन समितलाई विशेष धन्यवाद व्यक्त गर्दै सबै क्षेत्रबाट सहयोग पुर्याउनुहुने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछु ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077