Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बागमतीमा फेरि मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पाण्डे, को-को बन्दैछन् मन्त्री ?

    बागमतीमा फेरि मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पाण्डे, को-को बन्दैछन् मन्त्री ?

    अनलाइन नेपाल
  • शुक्रबार, ९ पुष २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रीमण्डल बिस्तार गर्ने भएका छन्।

    स्रोतका अनुसार काँग्रेसबाट ५ जना मन्त्रीहरु सरकारमा लानेछन् । जसमा ३ जना मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त गर्ने बताइएको छ ।



    बाग्मतीका तेस्रो मुख्यमन्त्री बनेका पाण्डेले आज तेस्रो पटक नै मन्त्रिमण्डल बिस्तार गर्न लागेका हुन् ।



    यसअघि काँग्रेसका मन्त्रीहरु सरकारमा सहभागी भएका थिएनन् । जसका कारण काँग्रेसको भागमा परेका मन्त्रालयहरु खाली थिए ।  यद्यपि कुन मन्त्रालयमा को मन्त्री आउने भन्नेबारे खुलेको छैन ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि मन्त्री नियुक्त हुने बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार