Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बागमतीमा फेरि मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पाण्डे, को-को बन्दैछन् मन्त्री ?

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रीमण्डल बिस्तार गर्ने भएका छन्।

स्रोतका अनुसार काँग्रेसबाट ५ जना मन्त्रीहरु सरकारमा लानेछन् । जसमा ३ जना मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त गर्ने बताइएको छ ।

बाग्मतीका तेस्रो मुख्यमन्त्री बनेका पाण्डेले आज तेस्रो पटक नै मन्त्रिमण्डल बिस्तार गर्न लागेका हुन् ।

यसअघि काँग्रेसका मन्त्रीहरु सरकारमा सहभागी भएका थिएनन् । जसका कारण काँग्रेसको भागमा परेका मन्त्रालयहरु खाली थिए ।  यद्यपि कुन मन्त्रालयमा को मन्त्री आउने भन्नेबारे खुलेको छैन ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि मन्त्री नियुक्त हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077