काठमाडौं । कोरोना भाइरसविरुद्धको थप ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप नेपाल आइपुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार शुक्रबार कोभ्याक्स अन्तर्गतको ६ लाख ६४ हजार ६५० डोज खोप काठमाडौँ आइपुगेको हो।
मन्त्रालयका अनुसार नेपालमा ३ करोड ८५ लाख ३९ हजार ३ सय ६७ खोप आयात यसअघि नै भइसकेको छ।
जसमा हालसम्म २ करोड १९ लाख ८८ हजार ५ सय १६ मात्रा लगाई सकिएको मन्त्रालयले जनाएको छ।
Leave a Reply