काठमाडौँ । नेपाली कांग्रसको खसआर्य महिलातर्फको केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।
६ जना चयन गर्नका लागि भएको मतगणनामा मञ्जु खाण, प्रतिमा गौतम, चम्पादेवी खड्का, नानु बास्तोला, कान्तिका सेजुवाल र विद्यादेवी तिमिल्सिना विजयी भएका छन् ।
विजयी मध्ये पाँच जना सभापति शेरबहादुर देउवा पक्षबाट विजयी भएका हुन् गौतम भने संस्थापन इतरपक्षबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
यस्तै आदिवासी जनजाति महिलातर्फ सिता गुरुङ, अन्जनी श्रेष्ठ, सरस्वती वजीमय, गंगा लक्ष्मी, माया राई, सीता राना, सुशीला थिङ र उषा गुरुङ निर्वाचित भएका छन् ।
Leave a Reply