Online Nepal
  • बुधबार, १० पुष २०८१
  • आरआरमा शिक्षक कुट्ने विद्यार्थी क्याम्पसबाट निष्कासित

    आरआरमा शिक्षक कुट्ने विद्यार्थी क्याम्पसबाट निष्कासित

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)ले शिक्षकमाथि कुटपिट गर्ने विद्यार्थी कुवेर जेठारालाई निष्कासन गरेको छ।

    गत मंगलबार स्नातक तह प्रथम वर्षको आन्तरिक परीक्षा चलिरहेको बेला स्नातक तह दोस्रो वर्षमा अध्यनरत विद्यार्थी जेठाराले परीक्षाहलभित्र प्रवेश गरी शिक्षक प्रकाश पुडासैनीमाथि कुटपिट गरेका थिए । जेठारको आक्रमणबाट शिक्षक पुडासैनीको टाउकोमा सात टाँका समेत लगाइएको थियो।



    यसैबिषयमा क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले एक सूचना जारी गर्दै शिक्षकमाथि कुटपिट गर्ने विद्यार्थी कुवेर जेठारालाई निष्कासन गरेको बताएका छन्।



    आन्तरिक परीक्षासँग असम्बन्धित विद्यार्थी परीक्षा हलमा प्रवेश गरी प्राध्यापकमाथि सांङ्घातिक आक्रमण गरेको र शैक्षिक वातावरणमा खलल पुर्‍याएकाले निष्कासन गरिएको सूचनामा उल्लेख गरिएको छ।

    यस्तो छ सूचना:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार