Online Nepal
  • बुधबार, १० पुष २०८१
  • प्रधानमन्त्री समक्ष महान्यायाधिवक्ताले भने- न्यायपालिकाको समस्यामा चाँडै निकास खोज्नस्

    प्रधानमन्त्री समक्ष महान्यायाधिवक्ताले भने- न्यायपालिकाको समस्यामा चाँडै निकास खोज्नस्

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीले पछिल्लो समय न्यायपालिकामा देखिएको समस्यामा चाँडै निकास दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

    बिहीबार महान्यायाधिवक्ता कार्यालयको ७१ औं स्थापना दिवसको कार्यक्रममा महान्यायाधिवक्ता खातीले न्यायालयमा देखिएको समस्यालाई चाँडो भन्दा चाँडो निकास दिन आग्रह गरेका हुन् ।



    पछिल्लो समय सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले दुई महिना भन्दा अघिदेखि आन्दोलन गरिरहेको छ ।



    कार्यक्रममा प्रधानमन्त्री देउवाले देशमा विधिको शासन कायम गर्न सरकारी वकिलको महत्वपूर्ण भूमिका रहेको बताउदै न्यायालयमा देखिएको समस्यालाई आफूले गम्भीर रुपमा लिएको बताए।

    सरकारी वकिलले विधिको शासनलाई संरक्षण सम्वर्द्वनको काम गर्ने गरेको र देशको शासन प्रभावकारी, विनापूर्वाग्राही सञ्चालनमा वकिलहरुको योगदान महत्वपूर्ण  रहेको प्रधानमन्त्री देउवाको भनाइ छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार