Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • एमसीसीका कारण गठबन्धन नटुट्ने प्रचण्डको दाबी

    एमसीसीका कारण गठबन्धन नटुट्ने प्रचण्डको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीका कारण सत्तारुढ गठबन्धन नटुट्ने बताएका छन् ।

    न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा पनि एमसीसी सम्झौतामा केही सुधार गर्नुपर्ने पक्षमा रहेको भन्दै यसले केही समय लिए पनि एमसीसीकै कारणले गठबन्धन नटुट्ने बताए ।



    ‘अस्ति गठबन्धनको बैठकमा प्रधानमन्त्रीले पनि सुधारको गुन्जायस छ भन्नुभएको छ, अप्ठेरो नै पर्‍यो भने पनि एमसीसीका कारण गठबन्धन टुट्दैन । टुट्न हुँदैन र टुट्न दिइँदैन’ अन्तर्वार्तामा प्रचण्डले भनेका छन् ।



    प्रधानमन्त्रीसँग एमसीसीका विषयमा विज्ञहरुसँग छलफल गर्ने विषयमा आफ्नो कुराकानी भएको तर माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनपछि छलफल गर्ने सहमति भएको प्रचण्डले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार