Online Nepal
  • बिहिबार, २२ कार्तिक २०८१
  • पूर्व सैनिकलाई जागिरको प्रलोभनमा सोमालिया लगेर बिचल्ली बनाएको आरोपमा एक पक्राउ

    पूर्व सैनिकलाई जागिरको प्रलोभनमा सोमालिया लगेर बिचल्ली बनाएको आरोपमा एक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले अवकाश प्राप्त सैनिकलाई जागिरको प्रलोभनमा सोमालिया लगेर बिचल्ली बनाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भक्तपुरस्थित मध्यपुर थिमी नगरपालिका–३ घर भएका ४२ वर्षीय कविराज कटुवाल रहेका छन्। प्रहरीका अनुसार कटुवालले मालबाहक पानी जहाजमा ‘मासिक ९ सय अमेरिकी डलर तलब हुन्छ’ भनेर पूर्व सैनिकलाई २०७८ वैशाख १२ मा दुबई लगेका थिए ।



    पीडितकी पत्नीले प्रहरीलाई बताए अनुसार कटुवालले दुवईबाट राहदानी नियन्त्रणमा लिएर उनलाई सोमालियास्थित समुद्रमा पुर्याएर माछा मार्ने पानी जहाजमा सुरक्षा गार्डको काममा लगाएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ।



    सोमालिया नजिक हिन्द महासागरमा खुट्टा सुन्निने र श्वासप्रश्वाससम्बन्धी बिरामी भएर काम गर्न नसक्दा उपचार नपाएर पूर्वसैनिकको मृत्यु भएको थियो ।

    २०७८ असोज २ मा पतिको मृत्यु भएको र नेपालमा शव ल्याउन पहल गरिदिन आग्रह गर्दा कटुवालले उल्टै ४० लाख रुपैयाँ मागेको पीडित पत्नीको आरोप छ।

    कटुवाललाई मंसिर १६ मा पक्रेर मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन–२०६४ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार