मोरङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको प्रदेश १ को पदाधिकारी चयनका लागि पनि निर्वाचन हुने भएको छ ।
बुधबार बसेको प्रदेश समितिको बैठकले अध्यक्ष, उपाध्यक्ष, सचिवसहितका पदाधिकारी टुंगो लगाउन नसकेपछि निर्वाचन हुन लागेको विराटनगरस्थित पार्टी कार्यालयले जनाएको छ ।
पार्टी कार्यालयका अनुसार मतदान आजै साँझ ७ बजेदेखि मतदान हुनेछ । जसमा पदाधिकारी चयनका लागि प्रदेश समितिका २५९ जनाले मतदान गर्नेछन्।
पार्टीको विधान अनुसार प्रदेश समितिमा ९ जना पदाधिकारी रहने व्यवस्था छ । ९ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी छन्।
अध्यक्ष पदमा हर्कबहादुर लावती र मोक्साहाङ मेन्याङ्बो मुख्य दाबेदार देखिएका छन् ।
Leave a Reply