Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • झुटा समाचार प्रशारण गर्ने २० युट्युब च्यानल, २ वटा अनलाईनमाथि प्रतिबन्ध

    झुटा समाचार प्रशारण गर्ने २० युट्युब च्यानल, २ वटा अनलाईनमाथि प्रतिबन्ध

    अनलाइन नेपाल
  • बुधबार, ७ पुष २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । भारत केन्द्र सरकारले देशविरोधी सामग्री उत्पादन र प्रसारण गर्ने २० वटा युट्युब च्यानल र दुईवटा न्युज वेवसाइटमाथि प्रतिबन्ध लगाएको छ ।

    सूचना प्रविधि मापदण्ड र डिजिटल मिडिया आचारसंहिता २०२१ अन्तर्गत ती च्यानलहरु बन्द गराइएको भारततीय सञ्चारमाध्यमहरुले नै जनाएका छन् ।



    गुप्तचर संस्थाहरू तथा सुचना प्रशारण मन्त्रालयले पेश गरेको रिपोर्टका आधारमा यी सञ्चारमाध्यमहरूमाथि प्रतिबन्ध लगाइएको हो।



    यी सञ्चारमाध्यमहरु पाकिस्तानबाट सञ्चालित रहेको रिपोर्टमा उल्लेख थियो। सरकारका अनुसार यी च्यानल र वेवसाइटले भारतसँग जोडिएका संवेदनशिल मुद्दामा झुठा समाचार फैलाइरहेका थिए।

    सूचना अनुसार ‘नयाँ पाकिस्तान’, ‘दी पन्च लाइन’, इन्टरनेसनल वेवन्युज’, ‘दी नेक्ड ट्रुथ’, ‘४८ न्युज’ लगायत च्यानलहरु रहेका छन्।

    भारत सरकारले पाकिस्तानबाट सञ्चालित ती च्यानलहरुले भारतविरुद्ध गलत सूचना दिने र अफवाह फैलाएको भन्दै बन्द गरेको जनाएको छ ।

    यी सञ्चारमाध्यममार्फत इन्टरनेटमा कास्मिर मुद्दा तथा भारतीय सेनाका विषयमा अनर्गल प्रचार हुने आएको भारत सरकारले जनाएको छ। भारतमा अल्पसंख्यकहरुको अवस्था, राम मन्दिर विवाद र जनरल विपिन रावतको हेलिकप्टर दुर्घटनाजस्ता विषयमा पनि झुठो समाचार फैलाइएको केन्द्र सरकारको दाबी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार