जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा सदस्य पदमा पाँचजना निर्विरोध भएका छन् ।
प्रदेश निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार पाँचजना सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध हुनेमा प्रत्येक जिल्लाबाट प्रदेश सदस्य खुल्लामा सप्तरीका आशाराम चौधरी निर्विरोध भएका छन् ।
त्यस्तै, प्रत्येक जिल्लाबाट महिला सदस्यमा सप्तरीकी विमला देवी साह, महोत्तरीकी उषा देवकोटा र पर्साकी किरण कुमारी शर्मा निर्विरोध भएकी छिन् ।
यसैगरी, प्रदेश सदस्य आदिवासी जनजातिबाट मनमाया तामाङनी निर्विरोध भएको निर्वाचन संयोजक प्रह्लाद गौतमले जानकारी दिए ।
बाँकी पदका लागि आज निर्वाचन हुने जनाइएको छ ।
Leave a Reply