काठमाडौँ। नेपाली कांग्रेसको लुम्बिनी प्रदेश खुला सदस्यमा तिनै जना सभापति शेरबहादुर देउवा पक्षका निर्वाचित भएका छन् ।
लुम्बिनी प्रदेश खुला सदस्यमा देवेन्द्रराज कँडेल र चन्द्रबहादुर केसी निर्वाचित भएका हुन् । मंगलबार भएको मतगणनामा कँडेलले २७२७ र केसीले २२६७ मत पाएका छन् । खुला तर्फबाट ६ प्रतिस्पर्धीमध्ये कँडेल र केसी विजयी भएका हुन् ।
महिलातर्फ लुम्बिनी प्रदेशबाट शिला शर्मा खड्का २६७३ मत ल्याएर निर्वाचित भएकी छन्।महिलातर्फको एक पदको लागि तीन जनाको प्रतिस्पर्धामा खड्का निर्वाचित भएकी हुन् ।
Leave a Reply