काठमाडौँ। पूर्वमन्त्री हृदयराम थानी केन्द्रीय सदस्यमा कर्णबहादुर बुढासँग एकमतले पराजित भएका छन् । कर्णाली भूगोलबाट उम्मेदवार बनेका उनी देउवा समूहका कर्णबहादुर बुढासँग एकमतले पराजित भएका हुन् ।
थानीले २१९९ मत पाउँदा बुढाले २२०० मत पाए । कांग्रेसको जारी १४औँ महाधिवेशनमा १, २ मतान्तरमा पराजित हुने थानी तेस्रो नेता हुन् । यसअघि प्रदेश १ को सभापतिमा गुरुराज घिमिरे दुई मतले पराजित भएका थिए । केन्द्रीय उपसभापतिमा विजयकुमार गच्छदार पनि २ मतले पराजित हुन पुगेका थिए ।
Leave a Reply