Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेसीतर्फको कांग्रेस केन्द्रीय सदस्यमा अर्वपति चौधरीसहित ५ जना निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको खुला मधेसीतर्फको केन्द्रीय सदस्य पदमा अर्वपति व्यवसायी विनोद चौधरीसहित ५ जना बिजयी भएका छन् ।

कांग्रेस निर्वाचन समितिका अनुसार चौधरीले २,२०६ मतसहित सर्वाधिक दोस्रो मत प्राप्त गरेका छन् ।

निर्वाचन समितिका अनुसार मधेसीतर्फको केन्द्रीय सदस्य पदमा पार्टीको तराई मधेश समन्वय विभाग प्रमुख तथा पूर्वमन्त्री अजय चौरासियाले सर्वाधिक २५२२ मत ल्याए। उनी बिजयीहरुको अग्रस्थानमा रहे।

यस्तै, तेस्रोमा चन्द्रमोहन यादवले २,१३८, महेन्द्र कुमार यादवले १,९८४ र पाँचौंमा दिनेश कुमार यादवले १,९५९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

खुला मधेसीतर्फ पाँच जना केन्द्रीय सदस्यका लागि २३ जना प्रतिस्पर्धामा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077