Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस खुला मधेसीतर्फको केन्द्रीय सदस्यमा अर्वपति चौधरीलाई पछि पार्दै चौरासियाले ल्याए सर्वाधिक मत

काठमाडौं । नेपाली कांग्रेसको खुला मधेसीतर्फको केन्द्रीय सदस्यमा पाँच जना निर्वाचित भएका छन् ।

मंगलबार दिउँसो सम्पन्न मतगणनामा २,५२२ मतसहित पार्टीको तराई मधेश समन्वय विभाग प्रमुख तथा पूर्वमन्त्री अजय चौरासिया अग्रस्थानमा विजयी भएका छन् ।

कांग्रेस निर्वाचन समितिका अनुसार ४,६६७ मत खसेकोमा अजयले अर्बपति उद्योगपति विनोद चौधरीलाई पनि उछिनेर सर्वाधिक मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका सांसद चौधरीले २२०६ मत प्राप्त गरे।

यस्तै, तेस्रोमा चन्द्रमोहन यादवले २,१३८, महेन्द्र कुमार यादवले १,९८४ र पाँचौंमा दिनेश कुमार यादवले १,९५९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

खुला मधेसीतर्फ पाँच जना केन्द्रीय सदस्यका लागि २३ जना प्रतिस्पर्धामा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077