Online Nepal
  • बुधबार, १० पुष २०८१
  • आरआर क्याम्पसका विद्यार्थीको कुटाइपछि शिक्षक घाइते, उपचारका लागि अस्पताल भर्ना

    आरआर क्याम्पसका विद्यार्थीको कुटाइपछि शिक्षक घाइते, उपचारका लागि अस्पताल भर्ना

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेका छन् ।

    विद्यालय स्रोतका अनुसार स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्र कुवेर जेठाराले चिट चोर्न नदिएको भन्दै शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् ।



    कुटपिटपछि पुडासैनीको टाउकोमा चोट लागेको छ । उनलाई बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।



    उनीमाथि आक्रमण गर्ने विद्यार्थी फरार रहेको र प्रहरीले उनको खोजीमा लागेको  विद्यालय स्रोतले जनाएको छ ।

    शिक्षक पुडासैनी सोही कलेजमा ब्याचलर इन सोसल वर्क (बिएसडब्ल्यु) पढाउँदै आएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार