Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

    सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । प्रतिनिधि सभाको १०औँ अधिवेशनको दोस्रो बैठक आज बस्दैछ ।

    संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बैठक बिहान साढे ११ बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्ने छ ।



    मंगलबारको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो । उसले दशौं अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ ।



    सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि संसद् अवरोध जारी राखेको छ ।

    मंसिर २८ गते बसेको दशौं अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार