Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवालाई

    रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवालाई

    अनलाइन नेपाल
  • सोमबार, ५ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ ।रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने भएका छन। राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार प्रधानमन्त्री देउवालाई रक्षा मन्त्रालयको जिम्मेवारी तोकेकी हुन् ।

    नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि मिनेन्द्र रिजालले नैतिकताका आधारमा रक्षामन्त्रीबाट राजीनामा दिएका थिए ।



    कांग्रेसमा उनी सभापति शेखर कोइराला प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । तर महामन्त्रीमा उनी पराजित भए । पराजित हुँनै लाग्दा उनले रक्षा मन्त्रीबाट राजीनामा दिने घोषणा गरेका थिए ।



    उनले राजीनामा दिएपछि खाली रहेको मन्त्रालय प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले उनलाईनै तोकेकी हुन् ।

    राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार