Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाबुराम भट्टराईले भने- प्रतिमगनकारी शक्तिले टाउको नटेक्नुजेल गठबन्धनलाई कायमै राख्नुपर्छ

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रतिगमनकारी शक्तिलाई परास्त गर्नकै लागि भएपनि  अहिलेको गठबन्धनलाई चुनावसम्म निरन्तर रुपमा लैजानु पर्ने बताएका छन् ।

सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले अहिलेको गठबन्धनलाई भत्काउने खोजिएको भन्दै त्यसैले सचेत रहेन आग्रह गरेका थिए ।

'प्रतिगमन पूर्ण रुपले कहिल्यै परास्त हुँदैन त्यसैले त्यसका लागि निरन्तर रुपमा खबरदारी आवश्यक छ,' भट्टराईले भने, 'प्रतिमगनकारी शक्तिको टाउकोमा नटेक्नुजेल अहिलेको गठबन्धन कायम राख्नुपर्छ । यसलाई आगामी चुनावसम्म कायम गर्नुपर्छ।'

यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भारत, चीन र अमेरिकालाई संकेत गर्दै संघीय लोकतान्त्रिक अँध्यारो सुरुङमा प्रवेश गर्नेतर्फ सचेत हुनपर्ने बताए ।

कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल 'प्रचण्ड'लगायतका नेताहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077