Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • क्रिसमसका बेला ओमिक्रोन झनै तीव्र फैलिने अमेरिकी विज्ञहरुको चेतावनी

    क्रिसमसका बेला ओमिक्रोन झनै तीव्र फैलिने अमेरिकी विज्ञहरुको चेतावनी

    अनलाइन नेपाल
  • सोमबार, ५ पुष २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । क्रिसमसका बेला हुने यात्राले कोभिडविरुद्धका खोपको पूर्ण मात्रा लगाइसकेकाहरुमा समेत कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फैलिन सक्ने एकजना शीर्ष अमेरिकी सङ्क्रामक रोगविज्ञले बताएका छन्।

    ‘यसमा कुनै शङ्का छैन की यसको (ओमिक्रोन) फैलन सक्ने असाधारण क्षमता छ,’ डा. एन्थोनी फाउचीले आइतवार आयोजित एक पत्रकार सम्मेलनमा भने।



    महामारीबारे अमेरिकी सरकारलाई सुझाव दिने फाउचीले नयाँ भेरिअन्ट हाल ‘विश्वभर फैलिरहेको’ बताए।



    कोरोनाभाइरसको व्यापक उत्परिवर्तित स्वरूप फैलन नदिन कैयौँ राष्ट्रहरूले कडा नियमहरू लागु गर्दैछन् । युरोपमा फ्रान्स र जर्मनीले यात्रा प्रतिबन्ध लागु गरेका छन्।

    नेदरल्यान्ड्सले क्रिसमस नजिकिँदै गर्दा कडा लकडाउन लागु गरेको छ।

    अनुसन्धानकर्ताहरूले बुस्टर मात्राले गम्भीर बिरामी हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा प्रदान गर्न सक्ने बताएसँगै विभिन्न देशका सरकारहरूले उनीहरूको कोभिड खोपको बुस्टर मात्रा दिने कार्यक्रमहरू अघि बढाइरहेका छन्।

    आइतवार फाउचीले अमेरिकाको पछिल्लो अवस्था हेर्दा ओमिक्रोनले अस्पतालहरूमा व्यापक चाप बढाउन सक्ने देखिएको बताएका छन्।

    ‘हाल देखिए जस्तै अवस्था रहे हाम्रा अस्पतालहरूमा निकै चाप बढ्ने छ,’ उनले चेतावनी दिँदै भने । फाउचीले सर्वसाधारणहरूले मास्क लगाउने अनि सामाजिक दूरी कायम राख्नेजस्ता सावधानीका उपायहरू अपनाउनुपर्ने बताए।

    उनले धेरै भन्दा धेरै अमेरिकीहरूलाई खोप र बुस्टर मात्रा लगाउन आग्रह गरेका छन्।

    शुक्रवार ह्वाइट हाउसमा गरिएको पत्रकार सम्मेलनमा उनले खोप नलगाएका मानिसहरू सङ्क्रमणको उच्च जोखिममा रहेको र अस्पताल भर्ना गर्नुपर्ने सम्भावना धेरै रहने बताएका थिए।

    अमेरिकाको जनसङ्ख्याको झन्डै ७३ प्रतिशतले कोभिडविरुद्ध खोपको कम्तीमा एक मात्रा प्राप्त गरेको सेन्टर फर डीजीज कन्ट्रोल एन्ड प्रीभेन्सन (सीडीसी)ले जनाएको छ। त्यहाँ हालसम्म ३० प्रतिशत सर्वसाधारणले बुस्टर मात्रा लगाएका छन्। बीबीसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार