Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • सिप्यानले भन्यो- खेलाडीलाई गरिएको कारबाहीले क्रिकेटको विकासमा अवरोध पुग्नसक्छ

    सिप्यानले भन्यो- खेलाडीलाई गरिएको कारबाहीले क्रिकेटको विकासमा अवरोध पुग्नसक्छ

    अनलाइन नेपाल
  • सोमबार, ५ पुष २०७८
  • 1.8K
    SHARES

    फाइल फोतटो

    काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले क्रिकेट खेलाडीहरुलाई गरिएको कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्ने अवस्था सिर्जना भएको जनाएको छ ।

    सोमबार अध्यक्ष मनिषराज पाण्डे र महासचिव पारस खड्काले संयुक्त विज्ञप्ति जारी गर्दै खेलाडीहरुका आवाज तथा भावना सम्बोधन गर्नुको सट्टा उनीहरुलाई कारबाही गरिएकोमा ध्यानाकर्षण भएको जनाएका हुन् ।



    क्रिकेट खेलाडीहरुको योगदानका कारण विश्व क्रिकेट जगतमा विशेष पहिचान बनाउन सफल भएको कुरा स्मरण गराउँदै सिप्यानले भनेको छ, ‘खेलाडीहरुले आफ्ना भावना तथा आवाजहरु अगाडि राख्न खोज्दा ती मागहरुको उचित सम्बोधन गर्नुको सट्टा खेलाडीहरु माथि नै गरिएका कारबाहीहरुले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्न जाने अवस्था सिर्जना भएको छ ।’



    गत मंसिर २९ गते नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार